You are viewing the translated version of कर्जा असूल गरिने.

Rule 19
कर्जा असूल गरिने
(१) कार्यक्रमको लागि कर्जा लिने व्यक्ति वा संस्थाले जुन प्रयोजनको लागि कर्जा लिएको हो सोही प्रयोजनमा मात्र उपयोग गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कर्जा लिएको प्रयोजन बाहेक अन्य प्रयोजनमा उपयोग गरेमा, कर्जाको दुरुपयोग गरेमा वा निर्धारित समयमा साँवा, ब्याज भुक्तानी नगरेमा त्यस्ता त्रष्रणीबाट कोषले प्रचलित कानून बमोजिम सम्झौतामा उल्लेख भए बमोजिम साँवा, ब्याज र हर्जना समेतको रकम असुल गर्नेछ ।
(३) उपनियम (२) बमोजिम रकम नतिर्ने क्रणीलाई कोषले कर्जा सूचना केन्द्रको कालो सूचीमा राख, निजको चल, अचल सम्पति रोक्का राख, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता रोक्का राख वा नेपाल सरकारबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गर्न र प्रचलित कानून बमोजिम कारबाहीको लागि सम्बन्धित निकायमा अनुरोध गर्न सक्नेछ ।
(४) वित्तीय संस्था वा सहकारी संस्था मार्फत कार्यक्रमको लागि कोषसँग भएको सम्झौता बमोजिम कोषबाट लिएको कर्जाको साँवा तथा समयमा चुक्ता गर्ने, गराउने प्रमुख जिम्मेवारी सम्बन्धित वित्तीय संस्था वा सहकारी संस्थाको सम्बद्ध पदाधिकारीको हुनेछ ।
(५) उपनियम (४) बमोजिम जिम्मेवारी पूरा नगर्ने संस्था र त्यसका सम्बद्ध पदाधिकारीलाई कानून बमोजिम कारबाही गर्न कोषले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।
(६) कोषबाट कर्जा लिएका वित्तीय संस्था वा सहकारी संस्थाले उक्त कर्जाको साँवा तथा ब्याज रकम तोकिएको समयमा नब्ुझाएमा कोषले त्यस्ता संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा सदस्यको सम्बन्धित निकाय मार्फत चल, अचल सम्पत्ति रोक्का गर्न, नेपाल सरकारबाट प्रदान गरिने सबै सेवा सुविधा रोक्का गर्न र कालोसूचीमा राख्ने लगायतका कारबाही गरी साँवा तथा ब्याजको रकम असूल गर्नेछ ।
(७) यस नियम बमोजिम कोषले कारबाही गरी साँवा र ब्याज असूल गरिएको व्यक्ति र संस्थाको अभिलेख राखी त्यस्तो व्यक्ति र संस्थालाई कोषबाट पुनः कर्जा उपलब्ध गराइने छैन।
(८) उपनियम (३) र (६) बमोजिम कोषबाट कारबाहीको लागि लेखी आएमा सम्बन्धित निकायले कारबाही गरी सहयोग गर्नु पर्नेछ ।
(९) कोषले कर्जा रकम नबुझाउने वित्तीय संस्था, सहकारी संस्था वा लक्षित समुदायका व्यक्ति वा समूहको नामको रोक्का रहेको अचल सम्पत्ति प्रचलित कानून बमोजिम लिलाम बिक्री गरी कर्जा रकम असुल गर्न सक्नेछ ।